काठमाडौँ– अभिनेत्री प्रियंका–आयुष्मानको घरमा चोरी भएको छ । ललितपुरको भैँसेपाटीस्थित महतो मार्गमा रहेको कार्की दम्पतीको घरमा सोमबार राति चोरी भएको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार, कार्की दम्पतीले चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र ५ तोलाजति सुनका गहना लगेको बताएका छन् ।


ADVERTISEMENT

# # #


बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सुधीरराज शाही घटनाबारे अनुसन्धान थालिएको जनाएका छन्।