काठमाडौँ– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रिय एवम् अन्तर्राष्ट्रिय विभागका सदस्य सङ ताओसंग द्विपक्षिय भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


भेटमा नेपाल चीन सम्बन्धका का बारेमा छलफल भएको थियो । उक्त भेटमा प्रधानमन्त्री दाहालले नेपालमा संविधान कार्यान्वयन गरी स्थायित्वको लागि अभ्यास भइरहेको र सोही क्रममा स्थानिय निकायको निर्वाचनको तयारी भइरहेको बताएको चीनमै रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई उद्धृत गर्दै उनका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भेटमा ताओले नेपालले एक चीन नीतिमा देखाएको प्रतिबद्धता को सर्‍हाना गर्दै अगामी दिनमा वान रोड वान बेल्टको सञ्जालको माध्यमबाट थप सम्बन्ध सुढृढ गर्ने बताएका थिए । सङले प्रधानमन्त्री दाहाल सम्मानमा दिवा भोज को समेत आयोजना गरेका थिए । यसैबीच प्रधामन्त्री दाहाल सहितको नेपाली टोलीे आजै बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयको छलफल कार्यक्रममा सहभागी हुँदैछन् ।

सो कार्यक्रमलाई प्रधानमन्त्री दाहालले प्रमुख वक्ताका रुपमा आज सम्वोधन गर्नेछन् । त्यसअघि प्रधानमन्त्री दाहालले विश्वविद्यालय परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले आजै साँझ चिनियाँ उपप्रधानमन्त्री वाङ याङसंग द्धिपक्षिय भेटवार्ता गर्नेछन् । साथै वाङले आयोजना गर्ने रात्री भोजमा सहभागी समेत हुने कार्यक्रम छ ।

यस्तै प्रधानमन्त्री दाहाले आजै चिनियाँ व्यवसायीसंग दुई मुलुकको व्यापारिक सम्भावना बारे छलफल समेत गर्ने उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले भोली राष्ट्रपति सि जिनपिङ संग दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण भेटवार्ता गर्दैछन् ।

यस्तै १५ गते प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्किने छन् ।