काठमाडौं-यातायात व्यवस्था विभागले आगामी चैतदेखि २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई देशैभरि गुड्न नदिने गरी प्रतिबन्ध लगाउने भएको छ । इलेक्ट्रिक र ग्यास टेम्पोरमाइक्रोको हकमा भने यो प्रतिबन्ध लागू हुनेछैन ।


ADVERTISEMENT


अहिले ग्रमीण सडकहरुमा २० वर्ष पुराना सार्वजनिक सवारीको बिगबिगी छ । काठमाडौंबाट हटाइएका सवारी पनि उपत्यकाबाहिर विभिन्न ग्रामीण रुटमा लगेर चलाइँदैछ । यसले ग्रामीण भेगमा चल्ने सवारीमा दुर्घटनाको जोखिम पनि बढाइरहेको छ ।


ADVERTISEMENT

# # #


अब चैतबाट भने अटेर गरेर त्यस्ता गाडी गुडाइरहे व्यवसायी कारवाहीको भागिदार हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । सरकारको निर्णयअनुसार आउँदो चैतदेखि २० वर्षे पुराना सवारीलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिइने विभागले बताएको छ । अहिले प्रत्येक ४-४ महिनामा सार्वजनिक सवारीले रुट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

उनकाअनुसार त्यस्ता सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि गरिने छैन । पुराना सवारीको नामसारी पनि रोकिने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइने उनले बताए ।

तर, २० वर्ष पुराना सार्वजनिक सवारी हटाउने सरकारी निर्णय कार्यान्वयमा भने कमजोर कानुन बाधक देखिएको छ । अहिले २० वर्ष पुग्नै लाग्दा सार्वजनिक सवारीलाई व्यवसायीले विभिन्न संस्था, विद्यालय, व्यक्तिका नाममा रातो प्लेटमा रहने गरी नामसारी गराइरहेका छन् ।

सरकारले तोकेको २ वर्षको समयसीमा नाघ्नै लाग्दा पनि व्यवसायीले पुराना सवारी सडकबाट हटाउने निर्णयको समर्थन गरेका छैनन् ।