काठमाडौँ – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।


ADVERTISEMENT


सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समिति/मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको संयुक्त भेलामा बस्नेतले अहिले मुलुक गठबन्धनमय बनेकाले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले गठबन्धनको सरकार बनेपछि यसअघिको गल्तीलाई सुधार गर्दै जनतासंग गरेको प्रतिवद्धता पुरा गर्नुपर्ने धारणा राखे । बस्नेतलाई मुलुकलाई अधिनायकवाद र भ्रष्टाचारबाट मुक्त गर्नका लागि गठबन्धन अपरिहार्य रहेको बताए ।

त्यस्तै बस्नेतले अर्को पटक समेत गठबन्धन बाहेकले चूनाव जित्न नसक्ने गरि काम गरेर देखाउनुपर्ने उल्लेख गरे ।