काठमाडौं-मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपतिकतर्फको तीनवटा मतपेटिका बाहेक अन्य सबै जिल्ला र प्रदेशको मत गणना गर्ने कार्य सकिएको छ । अब सर्लाही जिल्लाको क्षेत्र नम्बर २ को तीनवटा मतपेटिकाको मात्र मतगणना गर्न बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दिए ।
सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्यले मतगणना गर्न बाँकी रहेका तीनवटा मतपेटिकाको गणना कार्य आइतबार बिहान १० बजेभित्रै सम्पन्न गरी मतपरिणाम सार्वजनिक गरिने जानकारी दिए ।
आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारी अनुसार, आयोगको सूचना प्रणालीमा सोलुखुम्बु जिल्ला र सर्लाही जिल्लाको क्षेत्र नं। २ को अन्तिम मत परिणामबाहेक अन्य सबै जिल्ला र निर्वाचन क्षेत्रको मतपरिणाम प्राप्त भइसकेको छ ।
प्राप्त पछिल्लो विवरण अनुसार, प्रतिनिधिसभातर्फ नेकपा (एमाले)को अग्रस्थान कायमै रहेको छ । त्यसैगरी दोस्रोमा नेपाली काँग्रेस, तेस्रोमा नेकपा (माओवादी केन्द्र) को गठबन्धन, चौथोमा राष्ट्रिय जनता पार्टी र पाँचौंमा संघीय समाजवादी फोरम नेपाल रहेका छन् ।
यसैगरी, सातवटा प्रदेशमध्ये पाँचवटामा नेकपा (एमाले) र दुईवटा प्रदेशमा नेपाली काँग्रेस अग्रस्थानमा रहेका छन् । समानुपतिक प्रतिनिधि र प्रदेशसभामा धेरै मत ल्याउने दश दल यस प्रकार रहेका छन्–


ADVERTISEMENT


–  नेकपा (एमाले) ३१६१२९५
– नेपाली काँग्रेस ३१११६४३
– माओवादी केन्द्र १२९५९०३
– राजपा नेपाल ४७०४८६
– फोरम नेपाल ४६९४६१
– विवेकशील साझा २१२२९३
– राप्रपा १९६१९०
– राप्रपा (प्रजातान्त्रिक) ८८२८०
– नयाँ शक्ति पार्टी ८१४४६
– राष्ट्रिय जनमोर्चा ६२१२३
– अन्य ३५४४९८


ADVERTISEMENT

# # #


प्रदेश १
– नेकपा (एमाले) ६६३२५१
– नेपाली काँग्रेस ५७२७९९
– मओवादी (केन्द्र) १९८७५०
– फोरम, नेपाल ७०२२३
– राप्रपा ५५७८७
– संलोरा मञ्च २६१२२
– विवेकशील साझा २१३४३
– राजपा नेपाल २०५९५
– राप्रपा (प्रजातान्त्रिक) १६१४५
– मंगोल नेशनल ८१०९
– अन्य ४८८४१

प्रदेश २
– नेपाली काँग्रेस ३६९०६९
– राजपा नेपाल ३१६९७४
– फोरम, नेपाल २८३५०५
– नेकपा (एमाले) २४९६१४
– मओवादी (केन्द्र) १८२५०३
– संघीय समाजवादी ३२७९५
– राप्रपा १७०३१
– राप्रपा (प्रजातान्त्रिक) ११६२६
– नयाँ शक्ति १०७२८
– नेकपा माले ७६६१
– अन्य ५१५८५

प्रदेश ३
– नेकपा (एमाले) ६७७३१७
– नेपाली काँग्रेस ५५९२४९
– मओवादी (केन्द्र) ३१६८७६
– विवेकशील साझा १२४४४२
– राप्रपा ५९२६६
– नेमकिपा ४१६१०
– राप्रपा (प्रजातान्त्रिक) २८८५५
– नयाँ शक्ति २३९५८
– राप्रपा (राष्ट्रवादी) १२९८३
– माले ९४८१
– अन्य ३७२६७

प्रदेश ४
– नेकपा (एमाले) ३७३५०१
– नेपाली काँग्रेस ३६४७९७
– मओवादी (केन्द्र) ११९५२८
– नयाँ शक्ति २४६२५
– राष्ट्रिय जनमोर्चा १९३७६
– विवेकशील साझा १६५७३
– राप्रपा १५६४९
– राष्ट्रिय जनमुक्ति ४५९४
– फोरम नेपाल ३७४७
– राप्रपा (प्रजातान्त्रिक) ३६६१
– नेकपा माले १०७६८

प्रदेश ५
– नेकपा (एमाले) ५३३६१३
– नेपाली काँग्रेस ५३०८४४
– मओवादी (केन्द्र) २३९२८१
– फोरम नेपाल ७८५६७
– राजपा नेपाल ५४११०
– राष्ट्रिय जनमोर्चा ३२५४६
– राप्रपा २३२१३
– राप्रपा (प्रजातान्त्रिक) २०९७५
– विवेकशील साझा २०२४४
– राष्ट्रिय जनमुक्ति १८३९५
– अन्य ६०३९२

प्रदेश ६
– नेकपा (एमाले) १६९७५५
– नेपाली काँग्रेस १६२००३
– मओवादी (केन्द्र) ११७२९८
– राप्रपा १५६२९
– नेमकिपा ९७७८
– राप्रपा (प्रजातान्त्रिक) ५३२४
– नयाँ शक्ति २९४२
– राष्ट्रिय जनमोर्चा २११३
– विवेकशील साझा २१०८
– नेकपा माले २०१३
– अन्य ५१९९

प्रदेश ७
– नेपाली काँग्रेस २९५७२९
– नेकपा (एमाले) २६०९५५
– मओवादी (केन्द्र) १४२७०२
– राजपा नेपाल ३६९०२
– राप्रपा १५४४४
– विवेकशील साझा ८५२८
– नयाँ शक्ति ७८३३
– राप्रपा (प्रजातान्त्रिक) ५८८४
– राष्ट्रिय जनमोर्चा ४८२५
– नेकपा माले २८३९
– अन्य ९४२९