काठमाडौँ– नेपालले एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको छ। थाइल्याण्डको टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले विशाल विक्रम केसीको अर्धशतक मद्दतमा निर्धारति ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको हो।


ADVERTISEMENT


रित गौतमको अनुपस्थितिमा कप्तानीको जिम्वारी सम्महालेका विशालले ६३ रन जोडे। उनले ७९ बल खेल्दै ४ चौका र १ छक्का समेत प्रहार गरे। नेपाललाई सम्मानजनक स्कोर बनाउन विशालले नारायण जोशीसँग छैटौँ विकेटका लागि ३३ बलमा ४८ रनको साझेदारी गरे।


ADVERTISEMENT

# # #


नारायणले नटआउट ४६ रन को योगदान गरे। विष्फोटक ब्याटिङ गरेका नारायणले २३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

कुशल मल्ल शून्य तथा राजन मगर ३ रनमा आउट भए। सुवास ऐरले २२, तृतराज दासले १९ तथा सुनिल भण्डारीले १५ रन जोडे।

सिंगापुरका इशान सानवेले २ विकेट लिए।