काठमाडौँ– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५३.७१ प्रतिशतले बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार, संस्थाले पहिलेको तुलनामा ५३.७१ प्रतिशत खुद नाफा आर्जन गर्न सफल भएको हो ।


ADVERTISEMENT


समीक्षा अवधिमा संस्थाले ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकी यसअघिको आवको सोहि अवधिमा संस्थाको खुदनाफा २१ करोड ४१ लाख रुपैयाँ मात्रै आर्जन गरेको थियो।


ADVERTISEMENT

# # #


यस्तै, पहिलेको तुलनामा सञ्चालन मुनाफा पनि ५२.७४ प्रतिशतले बढेको संस्थाले जनाएको छ । जसमा अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३० करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ४६ करोड ६९ लाख रुपैयाँ भएको छ।

पहिलो त्रैमासमा संस्थाले ७३ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५३ करोड ३८ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि ३८.६२ प्रतिशतले उकालो लागेको छ।

चुक्तापुँजी २ अर्ब ३२ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार बढेर २ अर्ब १४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९ अर्ब ९ करोड रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाले २८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

पहिलो त्रैमासमा संस्थाको एनपीएल घटेर ०.८१ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल १.०३ प्रतिशत थियो। वार्षिकीकृत संस्थाको ईपीएस बढेर ५६.६४ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ४६.८० रुपैयाँ थियो। पीई रेसियो १७.३९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २७०.३० रुपैयाँ रहेको छ।