काठमाडौँ – कुमारी बैंक लिमिटेडको २२औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमवार एक समारोहकाबीच सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा बैँककको नक्साल कार्यालयमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सो सभामा सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७८/७९ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०७९/८० को लागि वाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ ।
यस्तै कुमारी बैंकका शेयरधनीहरुलाई कर प्रयोजन सहित चुक्ता पूँजीको १२.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
कुमारी बैंकले देशभर २३३ सेवा केन्द्रहरु (१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई विविध प्रकारका नवीनतम् एवं आधुनिक बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
कुमारी बैंक लिमिटेडको आ.व.२०७८/७९ मा चुक्ता पूँजी रु. १४ अर्व ७१ करोड भन्दा बढी रहेको छ भने आ.व.२०७९/८० को प्रथम त्रैमाससम्म निक्षेप रु.१ खर्व ७३ अर्व र कर्जा, सापटी तथा अधिविकर्ष रु.१ खर्व ६१ अर्व तथा नाफा रु. १ अर्ब १४ लाख रहेको छ ।