काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् ।


ADVERTISEMENT


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हार्दिक विदाई अभिवादन गरे । यसअघि उनलाई सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।


ADVERTISEMENT

# # #


महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड गएकी हुन् । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा उनकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत छन्। भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।