काठमाडौँ– गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ।


ADVERTISEMENT


बिहिवार बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमा १३.०० प्रतिशत बराबर बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश गरि कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात् विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरे बमोजिम वितरण गरिने छ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवं डिजिटल बैंकिङ्ग मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।