काठमाडौं-पुनर्वासका लागि तेस्रो देश जान नपाएका र नचाहेका करिब १० हजार भुटानी शरणार्थीलाई झापाको दमक र मोरङमा बसोबास गराउने उद्देश्यले शरणार्थी आयोग लगायतका दातृ निकायले आफूखुसी भौतिक संरचना निर्माण थालेका छन् ।


ADVERTISEMENT


शिविरमा पक्की घरलगायत संरचना निर्माणको तयारी मात्रै गरिएको छैन कि, शरणार्थी बालबालिकाको स्थानीय तहमा जन्मदर्तासमेत लिन थालिएको खुलासा भएको छ ।


ADVERTISEMENT

# # #


पूर्वसचिव युवराज सम्पाङ राईले भनेका छन्, ‘शिविरभित्र पक्की घर निर्माण थालिएको छ, भुटानी शरणार्थीका छोराछोरीलाई जन्मदर्ता पनि गराइएको छ । पक्की संरचना निर्माणका लागि शिविरभित्र इँटा, बालुवा, रड, कंक्रिटलगायत सामग्री धमाधम थुपारिँदैछ ।