काठमाडौं-नक्कली सरकारी कागजपत्र तथा शैक्षिक प्रमाण-पत्र बनाउने कार्यमा राजधानीका फोटो स्टुडियोका सञ्चालकदेखि म्यानपावरका कर्मचारीसम्म संलग्न हुने गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नक्कली कागजात तथा शैक्षिक प्रमाण-पत्र बनाएको आरोपमा फोटो स्टुडियो सञ्चालकसहित म्यानपावरका कर्मचारीहरूलाई पक्राउ गरेसँगै यस्तो खुलेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा रुकम घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका २३ वर्षीय टेकबहादुर बुढा मगर, रोल्पा घर भइ हाल काठमाडौंको नयाँ बसर्पाकमा बस्दै आएका ३० वर्षीय रामजीप्रसाद डिसी, गोरखा घर भइ हाल नयाँ बजार बस्दै आएका २६ वर्षीय बिराज श्रेष्ठ, म्याग्दी घर भइ हाल काठमाडौंको गंगबुमा बस्दै आएका ३४ वर्षीय श्यामकुमार थापा, स्याङ्जा घर भइ हाल मित्रनगर बस्दै आएका ५६ वर्षीय हरिबहादुर शाही, ललितपुरको महालक्ष्मी नगरपालिकाका ४० वर्षीय हरेराम श्रेष्ठ र धादिङ घर भइ काठमाडौंको सिनामंगल बस्दै आएका २५ वर्षीय विश्वनाथ अधिकारी छन् ।


ADVERTISEMENT

# # #


सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले दिएको जानकारी अनुसार पक्राउ परेका टेकबहादुर न्यू लुम्बिनी कम्यूनिकेशन एण्ड डिजिटल फोटो स्टुडियो, रामजी राप्ती फोटो स्टुडियो, बिराज रचना फोटो स्टुडियो र विश्वनाथ कल्की एयरपोर्ट स्टुडियोका सञ्चालक हुन् ।

त्यस्तै, श्यामकुमार कान्तिपुर म्यानपावर, सामाखुशीका कर्मचारी हुन् भने हरिबहादुर स्याङ्जा तनहुँ कम्प्यूनिकेशन र हरेराम श्रेष्ठ कम्यूनिकेशनका सञ्चालक हुन् । उनीहरुको साथबाट नेपाल सरकार लेखेको होलो ग्राम, विभिन्न व्यक्तिहरुको नाममा रहेको सवारी चालक अनुमति पत्रहरु, एचएसइबीको प्रोभिजनल सर्टिफिकेट, एसएलसीको मार्कसिट लगायत बरामद गरिएको सीआइबीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।