काठमाडौं – एनआईसी एशिया क्यापिटलले न्यून शूल्कमा आफ्नो ग्राहकहरुलाई उच्च कोटिको सेवा सुविधा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ पे वन टाईम फर्गेट फर लाईफ टाईम भन्ने नाराका साथ मात्र ९९९ रुपैयाँमा एकमुष्ठ भुक्तानी गर्दा आजीवन डिम्याट खाता संचालन गर्न मिल्ने गरि डिम्याट खाता नविकरण योजना संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


कुनै पनि निक्षेप सदस्यमा डिम्याट खाता खोलि सेयरको कारोबार गर्नु हुने खातावालाहरुले प्रत्यक वर्ष डिम्याट खाता नविकरण शुल्क वापत रु १०० बुझाउनु पर्ने व्यवस्था रहेको तथा उक्त नविकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज भई बिक्री गरेको शेयर निर्धारीत समयमा राफसाफ नभई हजारौं जरिवाना समेत भुक्तानी गर्नुपर्ने अवस्था रहेको देखिन्छ ।


ADVERTISEMENT

# # #


हरेक वर्ष डिम्याट खाता नविकरण शुल्क भुक्तानी गर्नुपर्ने र नविकरण शुल्क भुक्तानी गर्ने प्रकृया निकै झनझटिलो रहेको हुँदा यस क्यापिटलले आफ्नो ग्राहकहरुलाई न्यून शुल्कमा आजीवन डिम्याट खाता नविकरण गरिदिने व्यवस्था मिलाएको छ । उक्त योजनाले नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँड गर्नु पर्ने व्यवस्था गरिसकेको अवस्थामा बैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका व्यक्तिहरुलाई न्यून शुल्कमा डिम्याट खाता खोलि नविकरण गर्ने झनझटबाट मुक्त हुन सक्नेछन् ।

क्यापिटलको आजीवन डिम्याट खाता योजना एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंक लिमिटेको सम्पूर्ण शाखा कार्यालयहरुबाट डिम्याट खाता खोली आजको मितिमा नविकरण शुल्क भुक्तानी गर्न बाँकी नरहेका सम्पूर्ण खातावालाहरु तथा नयाँ खाता खोल्ने ग्राहकहरुले समेत लिन सक्नेछन् । यस एन आई सी एशिया लाईफटाइम डिम्याट खाता नविकरण योजना अर्को सूचना जारी नभएसम्म संचालन हुने छ ।

साथै डिम्याट खातावालाहरुले आफ्नो खाता नविकरण भए÷नभएको सम्बन्धी जानकारी क्यापिटलको वेभसाईटमा गई हेर्न सकिने छ । क्याटिलको आजीवन डिम्याट खाता योजनामा सहभागि हुनको लागि यस क्यापिटलको नाममा एन आई सी एशिया बैंक लिमिटेड, थापाथली, काठमाडौंमा रहेको बैंक खाता नं। ५४४४४५१०२५५२४०१७ मा रु ९९९  जम्मा रकमान्तरण गरी वा अनलाईन भुक्तानी माध्येमहरु इ सेवा, खल्ती, कनेक्ट आईपिएस, फोन पे र आईएमई पे मार्फत भुक्तानी गर्न सकिनेछ ।

साथै नविकरण शुल्क भुक्तानी गर्दा डिम्याट खाता नम्बर तथा सम्बन्धित खाताबालाको मोवाइल नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । यस सम्बन्धमा कुनै समस्या वा थप जानकारीको लागि क्यापिटलको मोवाईल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा सोझै सम्पर्क गर्न सकिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराएको कम्पनीले जनाएको छ ।