चितवन– भरतपुर महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्रमा सरसफाई अभियान सुरु गरेको छ । भरतपुरको गोन्द्राङमा भएको सरसफाई उद्घाटन कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख रेणु दाहालले भरतपुरलाई फोहोररहित सुन्दर शहरमा परिवर्तन गरिने प्रतिवद्धता जनाइन् ।


ADVERTISEMENT


महानगर प्रमुख दाहालले महानगर क्षेत्रमा संकलन हुने फोहोरलाई वर्गीकरण गरेर त्यसको व्यवस्थापन पनि गरिने भन्दै फोहोररहित सुन्दर भरतपुरको परिकल्पना साकार पार्न हरेक घरबाट साथ र सहयोगको अआवाश्यक्ता रहेको बताइन् । घरबाटै कुहिने र नकुहिने फोहोरलाई छुट्याउन सके फोहोरको व्यवस्थापनमा सहयोग पुग्ने मेयर दाहालको भनाई थियो ।


ADVERTISEMENT

# # #


सरसफाई अभियानको सुरुवात गर्दै महानगर प्रमुख दाहाल र उपप्रमुख पार्वती रावलले एकैसाथ सडकको फोहोर संकलन गरेका थिए । उनीहरुसँगै भरतपुर महानगरका विभिन्न वडाका अध्यक्ष, कर्मचारी, विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र सर्वसाधारण सरसफाई कार्यमा सहभागी भएका थिए ।

सरसफाई कार्यक्रममा स्थानीयसँग मिलेर सेना, प्रहरी, सशस्त्र प्रहरी र सामाजिक संघ–संस्थाका प्रतिनिधिले सडक छेउको फोहोर टिपेका थिए । महानगरपालिका कार्यालयका कर्मचारी पनि सरसफाईमा सहभागी थिए ।

भरतपुरको गोन्द्राङबाट सुरु भएको सरसफाई कार्यक्रम हाकिमचोक, चौबीसकोठी,लायन्सचोक, शहीदचोक, पुलचोक, मेनरोड हुँदै पोखरा बसपार्कमा पुगेर सकिएको थियो । सरसफाई कार्यक्रमलाई निरन्तरता दिँदै सुरुमा राजमार्ग र आसपासका क्षेत्र त्यसपछि भित्री सडक र नगरवासीको घरदैलोसम्म पुर्याइने महानगरपालिकाले जनाएको छ ।