खोटाङ – आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न निषेध गरेको छ।


ADVERTISEMENT


आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले १ मंसिर राती १२ बजेदेखि ५ मंसिर राती १२ बजेसम्मका लागि जिल्लाभर मादक पदार्थको विक्री वितरण तथा सेवनमा रोक लगाएको हो।


ADVERTISEMENT

# # #


प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले मंगलबार सूचना जारी गर्दै निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह–मन्त्रालय (निर्वाचन सेल)को १२ कात्तिकको पत्र बमोजिम मादक पदार्थ बेचविखन र सेवनमा कडाई गरिएको जानकारी दिएका छन् । स्थानीय प्रशासनको आदेशको वर्खिलाफ भएरगरेको पाइएमा कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।