काठमाडौँ– भोजपुरमा चालु सत्ता गठबन्धनको सभाको समयमा बम विस्फोट भएको छ । बुधवार जिल्लाको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित सभा चलिरहेकै समयमा सभास्थल नजिकै बम विस्फोट भएको छ ।


ADVERTISEMENT


विस्फोटमा परी अरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठ घाइते भएका छन् । उनको बायाँ खुट्टामा सामान्य चोट लागेको र इप्रका तिवारीभञ्ज्याङले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए ।


ADVERTISEMENT

# # #


सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम थियो । विस्फोटबाट भएको क्षति तथा अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । बम विस्फोटपछि उक्त क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।