धादिङ – धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेश सभा (क) का लागि उम्मेदवार बनेका  नेकपा (एमाले) का नेता रमेश आचार्य कुनै  अपरिचित नाम होइन । चिरपरिचित नाम नै हो । थाक्रे गाउँपालिका ९ केवलपुरमा  जन्मिएका रमेशकुमार आचार्य नेकपा एमालेमा स्पष्ट वक्ता, शैक्षिक बौद्धिक व्यक्तित्वका धनीका रुपमा मित्रहरुकाबीचमा रमेश आचार्यका नामले परिचित छन् ।


ADVERTISEMENT


२०५३ सालमा नै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्योति मावि, केवलपुर सहप्रारम्भिक कमिटी सदस्यका रुपमा राजनीतिक जीवन सुरु गरेका आचार्य हाल नेकपा (एमाले) वागमती प्रदेश कमिटी सदस्य तथा केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्यका रुपमा रहेका छन् ।


ADVERTISEMENT

# # #


४० वर्षीय आचार्यले व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । २०५५ सालबाट पार्टीको संगठन सदस्यको छवी बनाएका आचार्य युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्यका रुपमा  उपत्यका विशेष प्रदेश कमिटी सदस्य रुपमा , युवा संघ नेपालको महासचिवका रुपमा  राजनीतिक क्रियाकलापमा लागिरहे ।

विभिन्न कार्यक्रमका क्रममा भारत, चीन, जापान, दक्षिण कोरिया, मोरक्को, स्वीट्जरल्यान्ड, स्पेन, फ्रान्स, दुबई जस्ता देशहरु समेत घुमेर अनुभव क्षमता र आत्मविश्वास बटुलेका रमेशलाई प्रदेश सभा सदस्यमा विजयी हुन मन छ । युवाहरुको नेतृत्व गरी आफुले प्रदेशमार्फत् जतनताको सेवा गर्ने  काम गर्न उनको उत्कट इच्छा रहेको छ ।

आचार्यको राजनीतिक जीवनी

🔹नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्योति मावि, केवलपुर सह-प्रारम्भिक कमिटी सदस्य – २०५३
🔸अनेरास्ववियु ज्योति मावि, केवलपुरको प्रारम्भिक कमिटी सचिव – २०५५
🔹अनेरास्ववियु धादिङको १५ औं जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य – २०५५
🔸नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त – २०५५/०७/०७
🔹अनेरास्ववियु धादिङको जिल्ला कमिटी सदस्य – २०५५
🔸अनेरास्ववियु, जिल्ला कमिटी धादिङको कोषाध्यक्ष – २०५७ समेत रहनु भएको थियो। तेस्तै
🔹अनेरास्ववियु, धादिङको सचिव – २०५८
🔸अनेरास्ववियु धादिङको अठारौं जिल्ला सम्मेलनबाट अध्यक्ष निर्वाचित – २०५९
🔹अनेरास्ववियुको सत्रौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य (रापस) – २०६१
🔸अनेरास्ववियुको अठारौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्य – २०६३
🔹अनेरास्ववियुको उन्नाइसौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्य – २०६५
🔸अनेरास्ववियुको बीसौं राष्ट्रिय सम्मेलनमा कोषाध्यक्ष पदको प्रतिस्पर्धी – २०६७
🔹नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिव – २०६८ देखि २०७४ सम्म तेस्तै
🔸तत्कालीन युवा संघ नेपाल (हालको राष्ट्रिय युवा संघ नेपाल) को स्थायी कमिटी सदस्य – २०७०
🔹युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य – २०७०
🔸युवा संघ नेपालको केन्द्रीय कमिटी सचिव – २०७४
🔹राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्य – २०७५
🔸राष्ट्रिय युवा संघ नेपालको महासचिव – २०७७
🔹नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी सदस्य – २०७८
🔸नेकपा (एमाले) वागमती प्रदेश कमिटी सदस्य – २०७८
🔹नेकपा (एमाले) केन्द्रीय युवा तथा खेलकूद विभाग सदस्य – २०७९
🔸लगायत विभिन्न संघ-संस्थामा आबद्धता र बिभिन्न सामाजिक कार्यमा आबद्धता रहनु भएको छ ।
🔹भ्रमण : भारत, चीन, जापान, दक्षिण कोरिया, मोरक्को, स्वीट्जरल्यान्ड, स्पेन, फ्रान्स, दुबई