काठमाडौँ – निर्वाचन आयोगले मंसिर ४ गते (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना एक हप्ताभित्र सक्ने गरी तयारी गरेको छ ।


ADVERTISEMENT


बिहीबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतपेटिका संकलन भएलगत्तै मतगणना सुरु गरिने जानकारी दिए । उनका अनुसार मतदान भएको ३ दिनभित्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको सबै मत गणना गरेर सक्ने आयोगले तयारी गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै मतदान भएको ८ दिनभित्रमा समानुपातिकतर्फको मत गणना गरी अन्तिम नतिजा समेति निकाल्ने गरी आयोगले कार्यविधि बनाएको छ । यस्तै आयोगले निर्वाचनको मंसिर २२ गते नतिजासहितको सम्पूर्ण प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।

मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । त्यसका लागि आवश्यक सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भएको आयोगले जनाएको छ ।

निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन् । त्यसका लागि १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ ।

यसरी प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६३६ उम्मेदवार छन् भने प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्दसूचिमा कायम गरिएको छ ।