काठमाडौँ– आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार गर्ने दिन समाप्त भइसकेको छ। र्गएराति १२ बजेदेखि ‘स्थिर समय’ शुरु भएको हो । त्यसयता निर्वाचनको कुनैपनि प्रचारप्रसार कार्यमा प्रतिबन्ध लगाएको छ ।


ADVERTISEMENT


यससंगै चुनावको अवधि नसकेसम्म सार्वजनिक भोज, भतेर तथा हुलदंगामा पनि निषेध लगाइएको निर्वाचन आयुक्त एवं केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक रामप्रसाद भण्डारीले बताए । यदि कसैले यी नियमलाई तोडे कानुन बमोजिक कारवाही हुने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उनका अनुसार, यस अवधि यी ८ क्रियाकलपामाथि पूर्ण रुपमा बन्देज लगाएको छ ।

स्थिर अवधिदेखि निर्वाचन नसकेकसम्म गर्न नपाइने कार्यहरु

-निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।

-मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवार प्रचारप्रसार सामाग्री हटाउनु पर्छ ।

-सामाजिक सञ्जाल, अनलाइन, छापा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना वा प्रचारप्रसार सामाग्री पोष्ट वा शेयर गर्न वा गराउनु हुँदैन ।

-(निर्वाचन प्रचारप्रसार वा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस(एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन ।

-मतदान कार्य प्रारम्भ हुनुभन्दा तीनघन्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्तिलाई बाधा पु¥याउने काम गर्नु हुँदैन ।

-बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न, हुलहुज्जत वा होहल्ला गर्न वा गराउन हुँदैन ।

-मतदान रहेको घर, भवन वा स्थानमा मतदातालाई असर पर्नेगरी कुनैपनि निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सृजना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन हुँदैन ।

-राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरुले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचाप्रसारका विज्ञापनहरु हटाउनुपर्छ ।