काठमाडौँ – काठमाडौँमा जारी द्विपक्षीय एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली युएईले नेपाललाई १७७ रनको चुनौती दिएको छ । सिरिज जित्नका लागि निर्णयक खेलमा नेपालले मध्यम लक्ष्य पाएको हो ।


ADVERTISEMENT


शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको हो । ३१.१ ओभरमा ९३ रन बनाउँदा ९ विकेट गुमाएर नाजुक अवस्थामा पुगेको युएईका लागि आयान खान र हजरात बिलालले शानदार ब्याटिङ सम्मानजनक अवस्थामा पुर्याए ।


ADVERTISEMENT

# # #


सोक्रममा दशौँ नम्बरमा आएका आयानले अर्धशतक प्रहार गरे । उनले ६३ बलमा ७ चौका र १ छक्कासहित नटआउट ५४ रनको योगदान दिए । अन्तिम विकेटका लागि उनले बिलालसँग नटआउट ८३ रनको साझेदारी गरे । त्यसक्रममा बिलालले ५४ बलमा १ छक्कासहित २० रन बनाए । यस्तै अलिशान सफारुले ३३ र रोहन मुस्ताफाले २४ रनको योगदान दिए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र गलशन झाले समान २–२ विकेट हात पारे । यस्तै ललित राजवंशी र सोमपाल कामीका नाममा १–१ विकेट रह्यो ।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा युएईसँग ८३ रनले हारेको नेपालले दोस्रो खेलमा बुधबार ३ विकेटको जित निकाल्दै ३ खेलको सिरिज १–१को बराबरीको अवस्थामा ल्याएको थियो ।

आज जित हात पार्ने टोलीले सिरिज जित्नेछ ।