काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द गरिएको छ ।


ADVERTISEMENT


आइतबार हुने निर्वाचनलाइ मध्यनजर गरी नेपालसंग जोडिएका सीमा नाका बन्द गरिएको हो । यसैक्रममा कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, मर्जादपुर लगायतका नाकामा आवतजावत गर्ने सवारी साधन रोकिएपनि मतदातालाई भने चेकजाँचका आधारमा आवतजावत गर्न दिइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धवेन्द्र कुमार मिश्रले जानकारी दिए ।


ADVERTISEMENT

# # #


निर्वाचन हुनु ७२ घन्टा अघिदेखि स्थीर अवधि शुरु हुने हुँदा प्रचारप्रसार तथा अन्तराष्ट्रिय सिमानाका समेत बन्द हुने नियम छ । ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेको कपिलवस्तुमा ३ प्रतिनिधि ६ प्रदेश सभा निर्वाचनका लागी एमाले, सत्ता गठवन्धन, जसपा, लोसपा, राप्रपा, स्वतन्त्र गरी एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।