काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आर्थिक वर्ष २०७८/७९का लागि बैँकको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।


ADVERTISEMENT


जस अनुसार सभामा शेयरधनीहरुलाई ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव सर्वसम्मत पारित भएको छ । सभाबाट पारित ३.३६६३ प्रतिशत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ पुग्नेछ ।


ADVERTISEMENT

# # #


आर्थिक वर्ष २०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भई रू. १४१ अर्ब ५० करोड पुगेकोे छ । त्यसैगरी बैंकले रू. १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेको छ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।