काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको बताएका छन् । आईजीपी सिंहले छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताएका हुन् ।


ADVERTISEMENT


उनले सुरक्षा व्यवस्था मजबुत भएकाले ढुक्कले मतदान गर्न समेत आग्रह गरे । संवेदनशील मानिएको निर्वाचन क्षेत्रमा विशेष सुरक्षा व्यवस्था समेत गरिएको उनको भनाई छ । आईजीपी सिंहले निर्वाचन बिथोल्ने गतिविधि भएमा पनि प्रहरी मूकदर्शक नबन्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘निर्वाचन बिथोल्न खोज्ने कुनैपनि किसिमका गतिविधिमा हामी मूकदर्शक भएर बस्दैनौँ, निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सांघातिक आक्रमण, निर्वाचन वा मतदान अधिकृतमाथि आक्रमण, मतपत्र वा पेटिका च्यात्ने वा फोड्ने अवस्थामा प्रहरीलाई गोली चलाउन आदेश पर्खिरहन पर्दैन।’

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन् । त्यसका लागि १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ ।