रौतहट – रौतहटको क्षेत्र नम्बर ३ स्थित कनकपुर र पोठियाहि मतदान केन्द्र बाहिर विवाद हुँदा हवाई फायर भएको छ । मतदान केन्द्र बाहिर त्यहाँ रहेका दुई पार्टीका नेता कार्यकर्ताहरूबीच विवाद भइ झडपको स्थिति उत्पन्न भएपछि स्थितिलाई प्रहरी दुई राउण्ड हवाइ फायर गरेको रौतहटका प्रहरी उपरिक्षक वीरबहादुर बूढा मगरले जानकारी दिएका छन् ।


ADVERTISEMENT


स्थिति तनावग्रस्त भएपछि केहीबेरका लागि मतदान रोकिएको थियो । उनका अनुसार विवाद गरेका समूहले मतदान केद्रभित्र जबरजस्ती प्रवेश गर्न थालेपछि प्रहरीले उनीहरूलाई रोक्न हवाई फायर गरेको हो । एसपी बुढामगरले बताए अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ भने मतदान पुनः सुचारु भएको छ ।


ADVERTISEMENT

# # #