काठमाडौँ – आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर अपरान्ह २ बजेसम्म बजेसम्म करिब ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।


ADVERTISEMENT


देशभर मतदानमा मतदाताको उत्साह रहेको र मत प्रतिशत बढ्दै जाने आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेल पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताए । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।


ADVERTISEMENT

# # #


निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन् । त्यसका लागि १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ ।