काठमाडाैं – देशभर निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । नेपाल प्रहरीले निर्वाचन सुरक्षाको पहिलो घेरामा रहेर  निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन अहम् भूमिका खेलेको छ।


ADVERTISEMENT


 गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न गराएका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको अब्बल सुरक्षा नेतृत्वमा यसपटकको निर्वाचन पनि सम्पन्न भएको छ ।


ADVERTISEMENT

# # #


स्थानीय तहको निर्वाचनका सन्दर्भमा महानिरीक्षक नियुक्त भएकै महिना निर्वाचन सुरक्षाको नेतृत्व सम्हालेका  सिंहले अब्बल सुरक्षाको प्रत्रयाभूति दिलाए । त्यसबेला उनले खेलेको भूमिकाको देशी विदेशी निर्वाचन पर्यवेक्षक संस्थाहरूले खुलेर प्रशंसा गरे । प्रहरी संगठनले पनि  सिंहको नेतृत्वपछि  निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन अहम् भूमिका निभाएको पर्यवेक्षक संस्थाहरू बताउँछन् ।   प्रहरी संगठन प्रमुखको रूपमा उल्लेख्य भूमिका निभाएका महानिरीक्षक सिंहको चाैतर्फी प्रशंसा भइरहेको देखिन्छ ।

निर्वाचन सम्पन्न भएपछि महानिरीक्षक सिंहले भने,  ‘प्रहरीको बलियो सुरक्षा योजना रणनीतिका कारण नै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्भव भएको हो। यसमा नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको पनि भूमिका छ।उहाँहरूको साथका लागि हृदयत धन्यवाद दिन चाहान्छु । छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा गर्व लागेको छ ।’

२०७४ को आमनिर्वाचन दुई चरणमा हुँदा सुरक्षा चुनौती केही कम थियो। तर, यसपटक देशभर एकैचरणमा निर्वाचन भएकाले प्रहरीलाई सुरक्षा चुनौती थपिएको थियो। यद्यपि निर्वाचन सुरक्षाको फ्रन्टलाइनरको जिम्मेवारीमा रहेको प्रहरीले शान्तिपूर्ण रूपमा निर्वाचन गराउन सफल भयो। सीमित स्रोत साधनका बाबजुद निर्वाचन सफल बनाउन प्रहरीले खेलेको भूमिका प्रशंसनीय छ।

प्रहरी संगठनको नेतृत्वमा रहेका प्रहरी महानिरीक्षक सिंहको निरन्तर आदेश–निर्देशनले निर्वाचन सुरक्षार्थ खटिएका प्रहरीलाई आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्यो।

महानिरीक्षक सिंहको टिम परिचालन र दक्ष प्रहरीलाई स्थान दिने रणनीति नै निर्वाचन सुरक्षित हुनुको प्रमुख कारण रहेको संगठनका अधिकृतहरू बताउँछन्  ।