काठमाडौँ– काठमाडौँ १ क्षेत्रमा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको अग्रता देखिएको छ । निर्वाचन आयेगका अनुसार, हालसम्म गणना भएको कुल २ हजार ३३० मतगणनामा ७५४ मत सहित सिंह प्रथम स्थानमा छन् ।
उनलाई पछ्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ६८० मत ल्याउँदै रवीन्द्र मिश्र दोस्रो स्थानमा रहेका छन् ।
यस्तै, ४९६ मतसहित तेस्रोमा एमालेका किरण पौडेल र चौथो र पाँचौमा क्रमशः रमेश खरेल तथा पुकार बमले २२५ र १७५ मत ल्याएका छन् ।