-छत्र प्रधान


ADVERTISEMENT


काठमाडौँ– ज्येष्ठ नागरिक महिलाका विरुद्ध सबै प्रकारका भेदभावको अन्त्य गर्ने चर्चा पछिल्ला दिनमा बढेको छ। संयुक्त राष्ट्रसंघले १९९० डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने घोषणा गरेको थियो।


ADVERTISEMENT

# # #


नेपालले पनि प्रत्येक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा सोही दिन दिवस मनाउँदै आएको छ। संयुक्त राष्ट्र संघको सन् २०२२ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको प्रमुख नारानै ‘रेडिलिएन्स अफ ओल्डर पर्सन्स इन अ चेन्जिङ वल्र्ड’ छ। राष्ट्रिय नारा नेपालीमा ‘ज्येष्ठ नागरिकको उत्थानशीलता बदलिँदो विश्वका लागि अपरिहार्यता’ संयुक्त राष्ट्रसंघको एनजीओकमिटी अन एजिंगले न्युयोर्क, जेनेभा र भियनामा उमेरसम्बन्धी यो नारालाई घन्काए।

कोभिड–१९ को प्रकोपले असमानता बढाएको छ। समाजमा आर्थिक, वातावरणीय स्वास्थ्यसम्बन्धी र जलवायु परिवर्तनको कारणले विशेष गरेर महिला ज्येष्ठ नागरिकलाई बढी प्रभाव पारेको छ। यसैको प्रभावले महिला ज्येष्ठ नागरिकहरूले राजनीतिक, नागरिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा आफ्नो अनुभवबाट पुर्‍याउँदै आएकोे सहयोगमाथि शिथिलता आएको कुरालाई नकार्न सकिँदैन। महिला ज्येष्ठ नागरिकहरूको जीवनमा थप असमानता बढेकाले वृद्धावस्थामा नकारात्मक असर देखिन्छ।

यस वर्ष दिवसको प्रमुख उद्देश्य नै महिला ज्येष्ठ नागरिकले अन्तर्राष्ट्रिय रूपमा झेल्दै आएका चुनौतीमा उनीहरूले पुर्‍याउने सहयोग र उनीहरूका प्रमुख समस्याका लेखाजोखा गरेर समाधान गर्नु नै प्रमुख कार्य हुनेछ। महिला ज्येष्ठ नागरिकको मुख्य सहयोगलाई मध्यनजर गर्दै र उनीहरूको आवाजलाई समेट्दै जानु छ। समाज, देश र अन्तर्राष्ट्रिय जगत्मा उनीहरूले भोग्नु परेका चुनौती र कठिनाइ समालोचनात्मक र नीतिगत ढंगले समेट्दै दिवस मनायौं। जुन दिवसले महिला ज्येष्ठ नागरिकहरूलाई काम गर्न समान अवसर प्रदान गर्नेछ।

उनीहरूको आवाज र सहयोगलार्ई समाजमा प्रतिविम्बित गर्नेछ। महिला ज्येष्ठ नागरिकको संरक्षणका निमित्त मानव अधिकारले आवश्यक नीति र कार्यहरूको लेखाजोखा गर्नेछ। दिगो विकासका लागि उनीहरूको सहयोगलाई आबद्ध गर्नेछ। जसका तीन उद्देश्य छन्। पहिलो, उनीहरूको क्षमता वृद्धि गर्दै सामाजिक, वातावरणीय, आर्थिक र दीर्घकालीन असमानतालाई हटाउने छ। दोस्रो, उमेर र लिंगसम्बन्धी तथ्यांक विश्वव्यापी रूपमा सुधार गरेर जागरण अभियान अघि बढाउने छ।

तेस्रो, सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्रसंघीय संघ–संस्थामा आबद्ध महिला, सामाजिक संघ–संस्थाले महिला ज्येष्ठ नागरिकलाई केन्द्रमा राखेर नीति निर्माण गर्ने लैंगिक असमानतालाई न्यूनीकरण गर्ने छ। जसमा राष्ट्रसंघका महासचिवको प्रतिवेदनमा उल्लेख भएका एजेन्डालाई प्राथमिकतामा राख्न आह्वान गर्ने भनिएको छ। ज्येष्ठ नागरिकको अधिकारका सम्बन्धमा क्षेत्रीय अभिसन्धि निर्माण गर्ने काममा ल्याटिन अमेरिकी राष्ट्रहरू सक्रिय छन् ।

अफ्रिकी आयोगले पनि मानवअधिकार तथा जनअधिकार अफ्रिकी विभागमा ज्येष्ठ नागरिकको अधिकारको सम्बन्धमा नयाँ अभिसन्धिहरूको मस्यौदा तयार पार्दै छन्। दक्षिण पूर्वी एसियामा ज्येष्ठ नागरिकको अधिकारका सम्बन्धमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघअन्तर्गत नयाँ मानवअधिकार निकायको पनि निर्माण भइरहेको छ।

राष्ट्रसंघभित्र पनि महिला अधिकारको सम्बन्धमा पनि विवाद तथा चर्चा निकै बढिरहेको छ, महिलाविरुद्ध सबै प्रकारको भेदभावको अन्त्य गर्ने।अभिसन्धि कार्यान्वयन अनुगमन समितिले ज्येष्ठ नागरिक महिलाको अधिकारको सम्बन्धमा नयाँ आम सिफारिस तयार पार्ने कामका लागि कार्य समूह निर्माण गरेको छ। यसले सदस्य राष्ट्रहरूलाई कसरी महिला ज्येष्ठ नागरिकको अधिकारलाई अझ राम्रोसँग संरक्षण गर्न सकिन्छ। उनीहरूको सम्बन्धमा अझ व्यवस्थित प्रतिवेदन कसरी तयार पार्न सकिन्छ भन्नेबारे पर्याप्त मार्गनिर्देशन प्रदान गर्नेछ। मानवअधिकार आयोगको सल्लाहकार समितिले पनि ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिक समस्याको रूपमा लिएको छ।

आउँदो तीन दशकमा ज्येष्ठ नागरिकको विश्वव्यापी जनसंख्या दुईगुणा वृद्धि भएर १.५ अर्बभन्दा बढी २०५० सम्ममा हुने अनुमान गरिएको छ। यो तथ्यांक २०१९ देखि २०५० सम्मको ज्येष्ठ नागरिकको जनसंख्याको अनुमान तय गरिएको हो। सबभन्दा बढी वृद्धि ३.१२ करोडपूर्व र दक्षिणपूर्व एसियामा बढेको देखिन्छ। यो वृद्धि २.६१ करोड २०१९ मा थियो भने २०५० सम्ममा ५७.३ करोड वृद्धि हुने देखिन्छ। ज्येष्ठ नागरिकहरूको सबैभन्दा उच्च वृद्धि उत्तर अफ्रिका र पश्चिम एसियामा देखिन्छ जुन संख्या २०१९ मा २९ करोड थियो भने २०५० मा ९.६ करोड हुने देखिन्छ। दोस्रो तीव्र वृद्धि हुने सब साहारा अफ्रिका देखिन्छ जहाँ ६५ वर्षभन्दा माथिको जनसंख्या २०१९ मा ३.२ करोड थियो भने २०५० सम्ममा १०.१ करोड पुगेर २१८ प्रतिशत वृद्धि हुने देखिन्छ।

जसको विपरीत अस्ट्रेलिया र न्युजिल्यान्डमा कम वृद्धि हुँदै ८४ प्रतिशत पुग्ने देखिन्छ भने युरोप र उत्तर अमेरिकामा ४८ प्रतिशत पुग्ने अनुमान गरिन्छ। यी क्षेत्रमा विश्वका अन्य भागमा भन्दा प्रष्ट रूपमा कम वृद्धि भएको पाइन्छ। विकसित समूहमध्ये कम विकसित र अतिकम विकसित देशहरू बाहेकमा २०५० सम्ममा विश्वका ज्येष्ठ नागरिकको जनसंख्या २÷३ ९१.१० अर्ब हुने देखिन्छ। अतिकम विकसित देशहरूमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक २०१९ मा ३.७ करोड थिए भने २०५० सम्ममा २२५ प्रतिशत वृद्धि भएर १२ करोड पुग्ने आकलन गरिएको छ। ज्येष्ठ नागरिकप्रति सोच्ने तरिकामा परिवर्तन गर्नुु अति नै जरुरी देखिएको छ।

२०२० सम्ममा ६० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकको संख्या ५ वर्ष उमेरभन्दा कम उमेरका बालबालिकाभन्दा धेरै माथि पुग्नेछ। अब आउने तीन दशकभित्रमा विश्वका ज्येष्ठ नागरिकको जनसंख्या वृद्धि दुई गुणाभन्दा बढी हुनेछ। २०५० सम्ममा १.५ अर्बभन्दा माथि गएर तिनीहरूको ८० प्रतिशत जनसंख्या अतिकम र मध्यम आयस्तरका देशहरूमा हुनेछ। ५७ देशका ८३ हजार ३४ व्यक्तिको सर्वेक्षण गरिएकोमा २ जनामा १ जना मध्यम अथवा अति रुढिवादी पाइएको थियो।

विश्वजनसंख्याको संरचनामा हालको दशकमा नाटकीय परिवर्तन आएको छ। १९५० देखि २०१० को बीचमा विश्वको आयु अनुमानमा ४६ बाट वृद्धि भएर ६८ वर्ष पुग्यो। २०१९ मा ६५ वर्ष माथिको जनसंख्या ७०.३ करोड थियो। पूर्वी र दक्षिण पूर्वी एसियामा सबैभन्दा बढी ज्येष्ठ नागरिकको जनसंख्या २६।१ करोड थियो भने त्यसपछि युरोप र उत्तरी अमेरिका २० करोड थियो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मे १, २०२० मा ‘अ पोलिसी ब्रिफ अन् द इम्प्याक्ट अफ कोभिड–१९ अन् ओल्डर पर्सन्स’मा दिएका चारवटा मूल सन्देश दिइएको छ। जसमा ज्येष्ठ नागरिकको विषयमा धेरै सान्दर्भिक र यस विषयलाई नेपालसहित विश्वका १४६ सदस्य राष्ट्रले आफ्नो प्रतिबद्धतासहित सहमति जनाएको छ।

ज्येष्ठ नागरिकहरूको मृत्युदर विशेषतः ८० वर्षभन्दा माथिकाको उच्च छ। विश्वमा यसको प्रतिशत अरू उमेरसमूहका भन्दा पाँच गुणाले माथि छ। कोरोना महामारीले ज्येष्ठ नागरिकमा स्वास्थ्य समस्या ल्याउनुका साथै गरिबीको ठूलो चुनौती र उनीहरूको एकांकीपनमा वृद्धि गरेको छ। यो समस्या विशेषतः विकसित देशहरूमा डरलाग्दो छ। यिनै चुनौतीहरूको समाधान र व्याख्या गर्न हामीले संक्षेपमा एउटा नीति तय गरेका छौं। जसले कोभिड–१९ मा प्रभावित ज्येष्ठ नागरिकको समस्या समाधान गर्नेछ। त्यसैले ज्येष्ठ नागरिकलाई एकांकी र शक्तिहीन नठानौं। यसका निम्ति चारवटा मुख्य बुँदा यस प्रकार छन्।

पहिलो, जवान–बुढो व्यक्तिको आयु वृद्धि भइरहने हो। अतः ज्येष्ठ नागरिकको पनि युवाजत्तिकै स्वास्थ्यको अधिकार छ। त्यसैले जीवन बचाउने स्वास्थ्य सेवाले महŒवपूर्ण निर्णय गर्दै मानवअधिकार सम्मानमा उचित ध्यान पुर्‍याउनुपर्नेछ। शारीरिक अवस्था व्यक्तिगत रूपमा फरक रहे पनि हामी एउटै समूह र एकअर्काका पूरक हौं भन्ने कुरा नभुलौं। सुधारिएको सामाजिक सहयोगको खाँचो छ र आधुनिक प्रविधिद्वारा यो भावना हरेक ज्येष्ठ नागरिकसम्म पुर्‍याउनुछ। किनभने उनीहरू पीडामा परेका छन् जसलाई सम्बोधन गर्नुपर्छ। ज्येष्ठ नागरिकका लागि सामाजिक, आर्थिक र मानवीय जिम्मेवारी बहन गर्नु हाम्रो प्रमुख दायित्व भएको छ।

विश्वमा स्वास्थ्यसम्बन्धी आबद्ध व्यक्तिहरूबाट सामाजिक सुरक्षा दिने प्रमुख कार्यभने निवृत्तिभरण उपलब्ध गराउने अर्को प्रमुख दायित्व छ। त्यसमा पनि ज्येष्ठ नागरिक महिला बढी संख्यामा भएकाले उनीहरू गरिबीको चपेटामा छन्। स्वास्थ्य सेवाबाट पनि वञ्चित छन्। यी कुरालाईसम्बोधन गरी नीति तर्जुमा गर्नुपर्ने देखिन्छ। ज्येष्ठ नागरिकहरू अझै काम गर्दैछन्। सिक्ने सिकाउने गर्दैछन्। अरूको समेत हेरचाह गर्दैछन्। उनीहरूको यस्तो सक्रियता र नेतृत्वलाई सदैव सम्मान गर्नुपर्छ।


ADVERTISEMENT

#
#


(प्रधान राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष हुन् ।)

प्रतिकृया

प्रतिकृया