काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि अछाम १ बाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन् । कुँवरले नेकपा एमालेका झपटबहादुर बोहरालाई ४ हजार ४८९ मतले हराएका हुन् ।


ADVERTISEMENT


श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहेका कुँवरले १९ हजार ५३४ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी एमालेका बोहोराले १५ हजार ४५ मत प्राप्त ल्याए । यस्तै स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए ।


ADVERTISEMENT

# # #


विजयी कुँवर संविधानसभा सदस्य निर्वाचन २०६४ मा एमालेबाट अछाम १ बाट निर्वाचित भएका थिए । गत वर्ष नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका कुँवर राष्ट्रियसभा सदस्य हुँदै मन्त्री बनेका थिए ।