काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको आम निर्वाचनको नतिजा आइरहँदा केहि निर्वाचन क्षेत्रको भने मतगणना सुरु नै हुन सकेको छैन । स्याङ्जाको २ नम्बर क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन ।


ADVERTISEMENT


त्यसैगरी दोलखा क्षेत्र न‌ं १ मा पनि मतगणना सुरु भएको छैन ।


ADVERTISEMENT

# # #


यता गुल्मी क्षेत्र न‌ं १ मा पनि मतगणना सुरु भएको छैन । सो क्षेत्रका केहि स्थानमा पुन मतदान भएको हो ।

त्यसैगरी  डोल्पा क्षेत्र न‌ं १ मा पनि मतगणना सुरु भएको छैन । सो क्षेत्रमा मतपेटिका संकलनमा ढिलाइ भएको छ ।

त्यसैगरी  मुगु क्षेत्र न‌ं १ मा पनि मतगणना सुरु भएको छैन । सो क्षेत्रमा मतपेटिका संकलनको काम मात्र सकिएको निर्वाचन आयोगले जनाएको छ । हुम्ला, सुर्खेत, र बाजुरामा पनि केहि स्थानमा मतदान बाँकी नै रहेकोले मतगणना हुन सकेको छैन ।

आयोगको सूचना यस्तो छ