काठमाडौँ– अग्रणी लघुवित्तका रूपमा स्थापित छिमेक लघुबित्त वित्तीय संस्था उत्कृष्ट करदाताका रूपमा सरकारबाट सम्मानित भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय कर दिवस, २०७९ को अवसरमा आ.व. २०७७/०७८ सहकारी तथा लघुबित्त बित्तीय संस्थाहरुमा उत्कृष्ट करदाताको रुपमा छिमेक लघुबित्त बित्तीय संस्था पुरस्कृत भएको हो ।


ADVERTISEMENT

# # #


राजधानीमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरी पुष्करले छिमेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलाराज शर्मालाई प्रमाणपत्र हस्तान्तरण गर्दै सम्मान गरे ।

सम्मानित भएको अवसरमा सीईओ शर्माले संचालक समितिका पदाधिकारी, शेयरधनी , ग्राहक सदस्यहरु एबम सम्पुर्ण कर्मचारी वर्गहरु ,शुभेच्छुक सबैमा धन्यबाद व्यक्त गरेका छन् ।