दैलेख – दैलेख निर्वाचन क्षेत्र नं १ मा सत्तारूढ गठबन्धनका अम्मरबहादुर थापा विजयी भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्ष समेत रहेका थापाले १८ हजार २५६ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्माले १७ हजार ४०७ मत पाएका छन् । थापाले ८४९ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्ती कुमारी शाबहीले ४ हजार ६०२ मत प्राप्त गरेकी छन् ।