हुम्ला – हुम्लामा प्रतिनिधिसभा तर्फको मतगणना चलिरहेको छ । मतगणनाको पछिल्लो विवरणअनुसार माओवादीका उम्मेदवार छिरङ दमदुल लामाले २ हजार ५६५ मत पाएका छन् ।
एमाले उम्मेदवार दल रावलले १ हजार ३९९ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार तेजबहादुर रावलले २० मत पाउँदा ७४ मत बदर भएको छ ।
हुम्लाको प्रदेश सभा १ मा पनि माओवादीले अग्रता कायम गरेको छ । माओवादी उम्मेदवार रणसिंह परियारले १ हजार ८२२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले ३९५ मत पाएका छन् ।
एमालेका दल फडेराले ३५० ल्याउँदा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ११० र राप्रपाका छापे ऐडीले २ मत ल्याएका छन् । प्रदेश सभा १ मा ६९ मत बदर भएको छ ।