दाङ – दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । पोखरेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भइन् ।


ADVERTISEMENT


शर्मा उनी १९७ मतान्तरले निर्वाचित हुँदै गर्दा एमालेका केन्द्रका नेताहरुलाई सकस भएको छ । पार्टी पंक्तिमा सँधै चर्चा पाउने पोखरेले यस पटक भने नमिठो हार चाखेका छन् ।


ADVERTISEMENT

# # #


 महासचिव पोखरेलले २६ हजार ६ सय ८० मत प्राप्त गर्दै गर्दा सय भोट मतदाताले पत्याएको  भए निर्वाचित हुने सम्भावना रहन्थ्यो ।

दाङ -२मा  ७९ हजार ४ सय ४६ मत खसेको थियो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित  भएकी छन् । अब पाँच वर्षका लागि पोखरेलको संसद छिर्ने बाटो बन्द भएको अवस्था छ । १९७ भोट बढाउन पोखरेलले पाँच वर्ष कडा मिहिनेत गर्नुपर्नेछ ।