काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि भारतका आवासीय राजदूत मञ्जिभसिंह पुरी र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत रविना प्याट्रिसिया मार्कस्ले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा आ–आफ्ना ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT


नेपालका लागि भारतीय पूर्व राजदूत रणजित रायको कार्यकाल सकिएपछि पुरीको नाम नेपालका लागि सिफारिस गरिएको थियो । रे फागुन अन्तिमसाता आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किएका थिए। भारतले मन्जिवसिंहलाई राजदूतको रुपमा नियुक्त गरेको पत्र नेपाललाई पठाएपछि उनको नामा रास्ट्रपति मार्फत अनुमोदन गरिएको थियो ।


ADVERTISEMENT

# # #


नेपालका लागि नयाँ राजदुत पुरीले यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत भएर काम गरिसकेका छन् । संयुक्त राष्ट्रसंघका लागि पनि भारतीय प्रतिनिधिको रूपमा काम गरिसकेका पुरी सन् १९८२ मा भारतीय परराष्ट्र सेवामाप्रवेश गरेका थिए । उनी नेपालका लागि भारतका २४ औं राजदूत हुन् । पुरी हिजै काठमाडौँ आएका थिए ।

यसैगरी दक्षिण अफ्रिकाकी गैर आवासीय राजदूत रोविना पी मार्कसले पनि आजै राष्ट्रपति समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरीन् । उनी शुक्रबार काठमाडौँ आइपुगेकी हुन् । रोविनाले श्रीलङ्काबाट नेपाल हेर्नेछिन् । राजदूत माकर्स् श्रीलङ्काका लागि दक्षिण अफ्रिकी कूटनीतिक हुन ।

त्यसअवसरमा प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्री, निमित्त परराष्ट्र सचिव मणिप्रसाद भट्टराई तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

नेपालका लागि थाइल्याण्डका राजदूत पनि शुक्रबारै नेपाल आइपुगेका छन् । तर उनले भने केही समयपछि मात्र ओहदाको प्रमाणपत्र पेश गर्ने छन् ।