सप्तरी – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा सिके राउतले आफूलाई विजय गराउने सबैलाई धन्यवाद दिएका छन् ।


ADVERTISEMENT


उनले बिहीबार एक विज्ञप्तिमार्फत सबैलाई धन्यवाद दिएका हुन् । राउतले आफ्नो जितले देश र मधेसको राजनीतिमा नयाँ युगको सुरुवात भएको समेत बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्– ‘यस निर्वाचनसँगै देश र मधेशको राजनीतिमा नयाँ युगको सुरुवात भएको छ । यो विकासको युगको सुरुवात हो । यो जनताराजको युगको सुरुवात हो । यो सामुदायिक समाजवादको युगको सुरुवात हो ।’ उनले यसलाई समग्र जनताको जीत भएको बताउँदै जनअपेक्षा अनुसार काम गर्न र आफ्नो उत्तरदायित्व निर्वाह गर्न सदैव सम्पूर्ण जनताको सहयोग रहनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको समेत बताएका छन् ।