कर्णाली– विसं २०७४ को प्रदेशसभा निर्वाचनमा बहुमत पुर्‍याउन एक सिट कम भएको सत्ता गठबन्धनले खभैरै सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त भएको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच तालमेल भएको थियो । उक्त गठबन्धनले २० सिट जितेको थियो । यसपालीको चुनावमा सत्ता गठबन्धनले १८ सिट जितेको छ । एमाले पाँच सिटमा विजयी भएको छ ।


ADVERTISEMENT


एमाले कर्णाली प्रदेशसभा सदस्यमा डोल्पा (१), मुगु (१), जुम्ला (२), दैलेख क्षेत्र नं २ (२) र सुर्खेत क्षेत्र नं २ (१) मा जीत हासिल गरेको छ । अघिल्लो निर्वाचन जितेका सुर्खेत क्षेत्र नं २ ९१० का यामलाल कँडेल र क्षेत्र नं २ (२) का विन्दमान विष्ट, डोल्पा (२) का वीरबहादुर शाही र हुम्ला (२) जीवनबहादुर शाही यसपटक पुनः दोहिरिएका छन्। शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुन् ।


ADVERTISEMENT

# # #


कर्णाली प्रदेशसभाको २४ सिटमध्ये चारमा पुनः दोहिरिन सफल भएका छन् । अठार नयाँ अनुहारले प्रदेशसभामा प्रवेश पाएका छन् । निर्वाचित दुई प्रदेशसभा सदस्यले प्रतिनिधिसभाको समेत अनुभव लिइसकेका छन् । कर्णाली प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलभित्र नेपाली कांग्रेस १२, नेकपा (माओवादी केन्द्र) १० र नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। कांग्रेस र माओवादी केन्द्रले नौ÷नौ तथा एकीकृत समाजवादीले दुवै सिट गुमाएको छ ।

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेशसभा (२)बाट कांग्रेस तथा हुम्ला (१) बाट माओवादी केन्द्रका रनसिंह परियार स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भए । मुगु प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल र प्रदेश (२) मा माओवादी केन्द्रका मङ्गलबहादुर शाही निर्वाचित भए ।

यस्तै जुम्ला प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र जुम्ला (२ं मा एकीकृत समाजवादीका पदमबहादुर रोकाय विजयी भए । डोल्पा प्रदेशसभा(१) मा एमालेका शेरबहादुर बुढा र डोल्पा (२) मा एमालेका धनचन्द्र वैजी विजय भए ।

त्यस्तै, कालीकोट प्रदेशसभा ९१० मा माओवादी केन्द्रका दुर्गबहादुर रावत र प्रदेशभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भए । दैलेख क्षेत्र नं १ (१) र (२) मा कांग्रेसका उम्मेदवार क्रमशः पूर्णबहादुर खत्री र कृष्णकुमार विसी विजयी भए । दैलेख क्षेत्र नं २ (१) मा कांग्रेसका घनश्याम भण्डारी र (२) मा एमालेका विनोदकुमार शाह विजयी भए ।

यसैगरी सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेसका खड्ग पोखरेल र (२) मा माओवादी केन्द्रका कृष्णबहादुर जिसी विजयी भए । सुर्खेत क्षेत्र नं २ ९१० मा एमालेका यामलाल कँडेल र प्रदेश (२) मा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी भए ।

यस्तै सल्यान प्रदेशसभा (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) मा कांग्रेसका सुरेश अधिकारी निर्वाचित भए । रुकुम–पश्चिम प्रदेशसभा (१) र (२) मा माओवादी केन्द्रका क्रमशः महेन्द्र केसी र राजकुमार शर्मा निर्वाचित भए। जाजरकोट प्रदेशसभा (१) र (२)मा कांग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह निर्वाचित भए । प्रदेशसभा सदस्य ठम्मर विष्ट, पदमबहादुर रोकाय, धर्मराज रेग्मी र कुर्मराज शाही यस पटक पराजित भएका छन् ।

कर्णालीका नवप्रवेशी प्रदेशसभा सदस्यहरु

सुर्खेत क्षेत्र नं १ (१) बाट कांग्रेसका खड्ग पोखरेल र १(२) बाट माओवादी केन्द्रका कृष्णबहादुर जिसी, सल्यान (१) बाट माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) बाट कांग्रेसका सुरेश अधिकारी, रुकुमपश्चिम (१) र (२) बाट क्रमशः माओवादी केन्द्रका महेन्द्र केसी र राजकुमार शर्मा, जाजरकोट (१)र (२) बाट कांग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह पहिलो पटक कर्णाली प्रदेशसभामा प्रवेश गर्दैछन् ।

त्यस्तै, डोल्पा प्रदेश (१) बाट एमालेका शेरबहादुर बुढा, जुम्ला ९१० बाट स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र (२) बाट एमालेका टेकराज पछाई, मुगु (१) बाट एमालेका जीतबहादुर मल्ल र (२)बाट माओवादी केन्द्रका मङ्गलबहादुर शाही, हुम्ला (१) बाट माओवादी केन्द्रका रनसिंह परियार तथा कालीकोट (२) बाट हिक्मतबहादुर विष्ट प्रदेशसभामा प्रवेश गर्दै छन् ।

कालीकोट (१) का दुर्गबहादुर रावत यसअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । दैलेख क्षेत्र नं १(१) र (२) का क्रमशः पूर्णबहादुर खत्री र कृष्णकुमार विसी, क्षेत्र नं २ प्रदेश (१) बाट घनश्याम भण्डारी पनि प्रदेशसभामा प्रवेश गर्ने नयाँ अनुहार हुन् । प्रदेशसभा (२)बाट निर्वाचित एमालेका विनोदकुमार शाह २०५१ सालमा नेमकिपाबाट दैलेख क्षेत्र नं २ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।