काठमाडौँ – दिगो विकासका लागि स्थानीय प्रयास भन्ने नाराका साथ सरकारले यसवर्ष विश्व सहर दिवस र विश्व सहरी योजना दिवस मनाउने भएको छ ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शहरी विकास तथा भवन निर्माण विभागले हरेक वर्ष अक्टोबर ३१ मा मनाइने विश्व सहर दिवस र नोभेम्वर ८ तारिकका दिन मनाइने विश्व शहरी योजना दिवस चाडपर्व र चूनावका कारण मंसिर १२ गते अर्थात नोभेम्वर २८ तारिकका दिन मनाउन लागिएको जनाएको हो ।


ADVERTISEMENT

# # #


दिवसका अवसरमा सोमबार विभागको आयोजनामा कार्यशाला गोष्टि आयोजना गरिएको विश्व शहर दिवस र विश्व शहरी योजना दिवस मूल तयारी समितिका संयोजक पद्म कुमार मैनालीले जानकारी दिए । उनले संविधानमा उल्लेख प्रत्येक नागरिकलाई स्वच्छ र स्वच्छ वातावरणमा बाच्न पाउने हकलाई सम्बोधन गर्न शहरी बिकास मन्त्रालय प्रतिवद्ध रहेको बताए । मन्त्रालयबाट शहरी बिकास ऐन तर्जुमा भई सहमतिको लागि कानून मन्त्रालयमा पेश भएको उनले जानकारी दिए ।

विश्व शहर दिवस सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको साधारणसभाद्वारा संकल्प स्थापित गरे बमोजिम पहिलो विश्व शहर दिवस अक्टोबर २०१४ मा मनाइएको थियो । नेपालमा भने २०१९ देखि यो दिवस मनाउन थालिएको हो । त्यस्तै विश्व शहरी योजना दिवस विश्वमा १९४९ बाट मनाउन सुरु गरिएको हो ।