काठमाडौं – कतारमा जारी फिफा विश्वकपमा घानाले पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा घानाले दक्षिण कोरियामाथि ३-२ को जित निकालेको हो ।


ADVERTISEMENT


खेलको २४औं मिनेटमा मोहम्मद शालिसुले गोल गर्दै घानालाई सुरुवाती अग्रता दिलाएका थिए । ३४औं मिनेटमा मोहम्मद कुडुसले गोल गर्दै घानाको अग्रता दोब्बर पारे । त्यसपछि दोस्रो हाफको ५८औं मिनेटमा चो गुईसुङले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काउने कोसिस गरे । उनले ६१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २२ को बराबरीम ल्याए ।


ADVERTISEMENT

# # #


तर, खेलको ६८औं मिनेटमा कुडुसले व्यक्तिगत दोस्रो गोल गर्दै घानालाई ३-२ को जित दिलाए ।

जितसँगै समूह एचको घानाले २ खेलमा ३ अंक जोडेको छ । उसले पहिलो खेल पोर्चुगलसँग गुमाएको थियो । पराजित दक्षिण कोरियाले भने एक अंक जोडेको छ । पहिलो खेलमा उरुग्वेसँग बराबरी खेलेको थियो । आजै पोर्चुगल र उरुग्वे पनि आमनासामन्ने हुँदै छन् ।