कपिलवस्तु – देश नं ५ को राजधानी कपिलवस्तुलाई बनाउनुपर्ने माग गर्दै बिहिबार साँझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ।


ADVERTISEMENT


युवा, बुद्धिजीवी राजनीतिक दलका प्रतिनिधि, व्यापारीले ५ नं प्रदेशको राजधानी कपिलवस्तु नै बनाउनुपर्ने माग गर्दै बजार परिक्रमा गरेका थिए।


ADVERTISEMENT

# # #


भगवान् गौतम बुद्धको ऐतिहासिक ठाउँ, भौगोलिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि राजधानीका लागि अतिउत्तम जिल्ला रहेको भन्दै दबाबस्वरुप प्रदर्शन गरेका हुन्।

दाङ र बुटवल राजधानी बनाउने विषयमा तीव्र विवाद भएको र यसको उत्तम विकल्प कपिलवस्तु नै भएकाले पनि प्रादेशिक राजधानी यहीँ नै हुनुपर्ने उनीहरूले माग राखेका छन्।