काठमाडौं– राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौमा प्रचार–प्रसार समिति टिकापुर क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले यस्तो चेतावनी दिएका हुन् । ‘रेशम चौधरीलाई निर्वाचन आयोगले अन्याय गर्दैछ, विभेदकारी व्यबहार गर्दैछ, हामी निर्वाचन आयोगलाई सचेत गराउन चाहन्छौँ, तत्काल रेशमको प्रमाणपत्र वारिसमार्फत प्रदान गरोस्, होईन भने निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठ्नेछ, र आन्दोलन हुनेछ’लालले भने ।


ADVERTISEMENT

# # #


उनले छानविन आयोगले सरकारलाई मधेशमा घटेका घट्नाका बारेमा छानविन गरेर बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरे ।

कार्यक्रममा सांसद रेशमकी धर्मपत्नि रञ्जिता चौधरीले मतगणना स्थलमा प्रहरी प्रशासनले थारु समुदायमाथि अत्याधिक दमन गरेको स्मरण गदाउँदै भनिन्,‘२०७२ भाद्र ७ गतेको घटना नहुनुपर्ने थियो, भयो, त्यसमा हाम्रो समुदायले समेत दुःख प्रकट गरेको छ, त्यो घट्ना सरकारले नै गराएको हो, सत्य तथ्य छानविनको लागि अझैपनि आग्रह गर्दछु ।’

उनले मंसिर २१ गते पछि मतगणनास्थल धनगढिमा आफुहरुलाई प्रवेश गर्न नदिएको भन्दै जनमतको कदर गर्नुको साटो प्रशासनले समेत अन्यायपुर्ण ढंगले आफ्ना घरहरु खानतलासी गरेको दुखेसो पोखिन् ।