काठमाडौं – तनहुँ क्षेत्र नं. २ को प्रदेशसभा (क) मा पुन मतदान गर्नु पर्ने माग गर्दै कांग्रेसका नेता प्रदीप पौडेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।


ADVERTISEMENT


प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो । साथै, अन्तरिम आदेशका लागि छलफलका लागि १९ गते दुबै पक्षलाई बोलाएको छ ।


ADVERTISEMENT

# # #


पौडेल वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालासँग ५ मत अन्तरले पराजित भएका थिए । तर, ४२ मत फर्जी भेटिएको भन्दै पौडेलले पुनः मतदान हुनु पर्ने माग गरेका थिए ।

यस्तै, संखुवासभाका कांंग्रेस उम्मेदवार दिपक खड्काको रिटमा पनि कारण देखाउ आदेश जारी गर्दै १४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

यसैगरी, धनुषा ३ का वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवको रिटमा कारण देखाउ आदेश जारी गर्दै १९ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

मौन समय र निर्वाचनको दिन वाम गठबन्धनले राजपा उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको भन्ने हल्ला चलाएकाले निर्वाचन परीणाम बदर गर्नु पर्ने उनको माग छ ।