काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलसिँग आज नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्।


ADVERTISEMENT


भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन र जनतालाई अधिकार दिलाउन आफूहरु लागिपरेको बताएका थिए ।


ADVERTISEMENT

# # #


राजदूत पुरीले आइतबार राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । नेपालका लागि भारतीय पूर्व राजदूत रणजित रायको कार्यकाल सकिएपछि पुरीको नाम नेपालका लागि सिफारिस गरिएको थियो ।

रे फागुन अन्तिमसाता आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किएका थिए। भारतले मन्जिवसिंहलाई राजदूतको रुपमा नियुक्त गरेको पत्र नेपाललाई पठाएपछि उनको नाम रास्ट्रपति मार्फत अनुमोदन गरिएको थियो ।

नेपालका लागि नयाँ राजदुत पुरीले यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत भएर काम गरिसकेका छन् । संयुक्त राष्ट्रसंघका लागि पनि भारतीय प्रतिनिधिको रूपमा काम गरिसकेका पुरी सन् १९८२ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनी नेपालका लागि भारतका २४ औं राजदूत हुन् ।