काठमाडौं – गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको हो ।


ADVERTISEMENT

#


मन्त्रालयका अनुसार एनप्याब्सनले ऐनको दफा ५ बमोजिम जारी गरिएका सरकारी निर्देशनहरू पटक–पटक उल्लंघन गर्दै आएको थियो । साथै, संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको मन्त्रालयको ठहर छ ।

यसअघि गत असोज २३ गते मन्त्रालयले सम्बन्धित सरोकारवालासँग छलफल गरी कानुन तथा २०८२ मंसिर १२ गते जारी निर्देशनअनुसारका कार्य गर्न आग्रह गरेको थियो । तर, उक्त निर्देशनसमेत कार्यान्वयन नभएपछि मन्त्रालयले निलम्बनको निर्णय गरेको जनाएको छ ।


ADVERTISEMENT

#
#


मन्त्रालयले निलम्बनसम्बन्धी सूचना जारी भइसकेपछि संस्थाको नाममा कुनै पनि समूह वा गुटले गतिविधि गर्न नपाउने स्पष्ट पारेको छ ।

निर्णयविपरीत गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।