काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आइतबार बिहान टेलिफोन कुराकानी भएको छ ।


ADVERTISEMENT


दुई पार्टी एकताका लागि एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बेला ओली र प्रचण्डबीच कुराकानी भएको हो ।


ADVERTISEMENT

# # #


कुराकानी सरकार गठन, पार्टी एकतालगायतका विषयमा केन्द्रीत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार मंगलबार बिहान संयोजन समितिको बैठक राख्ने तय दुई अध्यक्षबीचको कुराकानीपछि तय भएको छ ।

यसअघि शनिवार एकता संयोजन समिति बैठक बस्ने भनिएको भएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।