काठमाडौँ – शिवम् सिमेन्ट्स लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार मकवानपुरको हेटौंडामा कम्पनीको आ.व. २०७८/०७९ को वार्षक साधारण सभा सम्पन्न भएको हो ।


ADVERTISEMENT


कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभामा आ.व. २०७८/०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ (दश दशमलव पाँच तिन) प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितका प्रस्तावहरु पारित गर्दै गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना संचालकहरु निर्वाचित गरेको छ । साथै सभास्थलमा बसेको नवनिर्वाचित संचालकहरुको बैठकबाट संचालक गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

साथै सोही सभाबाट संचालक समितिले नियुक्तिका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्वसचिव समेत रहेका चन्द्र कुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तिको अनुमोदनसमेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको हो ।

उक्त सभाबाट आ.व. २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै आ. व. २०७९/०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्ती गरिएको छ । त्यसका लागि पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गर्नुका साथै कम्पनीमा आवद्ध रही उत्कृष्ट कार्य सम्पादन गर्ने केहि कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको छ ।