काठमाडौं-कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो । असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा आइपुग्दा तीन दशमलव नौ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि चार दशमलव आठ प्रतिशत थियो ।


ADVERTISEMENT


२०७२ को कात्तिकमा भूकम्प र नाका बन्दीको कारण मूल्य वृद्धि १०.४ प्रतिशत पुगेको थियो । दुई वर्ष अघिको मूल्यका आधारमा यस वर्ष वस्तु तथा सेवाको मूल्य घटे पनि यस वर्षको पहिलो चार महिनामा भएको मूल्य वृद्धिमध्ये कात्तिक महिनामा सबैभन्दा बढी हो।


ADVERTISEMENT

# # #


सबैभन्दा सस्तो काठमाडौं
राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा सबैभन्दा सस्तो सामान काठमाडौं कारोबार भएको छ । यो महिनामा काठमाडौंको मूल्य वृद्धि तीन दशमलव दुई प्रतिशत छ । हिमाल सबैभन्दा मह्गो देखिएको छ ।

यस्तो वृद्धिदर पहाडमा चार दशमलव सात र तराईमा तीन दशमलव सात प्रतिशत छ । गत वर्षको सो महिनामा काठमाडौंमा तीन, हिमालमा चार, तराईमा पाँच दशमलव एक र पहाडमा ६ दशमलव दुई प्रतिशत थियो ।-आजको अन्नपुर्ण पोष्टबाट