काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस पर्वले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गरोस भन्दै शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले इसाई धर्मावम्बीहरुको क्रिसमस पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाउने विश्वास व्यक्त गरेकी छन् ।


ADVERTISEMENT


इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले शान्त समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकी छन् ।


ADVERTISEMENT

# # #


नेपाल विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्दे अघिबढेको स्मरण गर्दै राष्ट्रपतिले नेपालीबीच मनाइने चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् । आगामी दिनमा हुने नेपालको विकास र समृद्धिमा सबै नेपालीले आ-आफ्नो स्थानबाट सक्दो योगदान गर्नसकेमा नेपालको चौतर्फी प्रगति छिटो हुने उनको विश्वास छ ।