काठमाडौं – बभिन्न सुरक्षा निकायका प्रमुखहरुले प्राकृतिक बिपद्का घटनाहरु पहिले भन्दा भिन्न र जटिल रूपमा देखिन थालेकाले पूर्व तयारी रणनीतिमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनीहरुले भिन्न र जटिल रूपमा देखिने प्राकृतिक बिपद्को सामना र त्यसपछिको बिपद् व्यवस्थापनका लागि पूर्व तयारी रणनीतिमा सुधारका साथै आवश्यक पूर्वाधारको तयारीमा पनि ध्यान दिनुपर्ने सुझाव दिएका हुन् ।


ADVERTISEMENT

#


बैठकमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जलवायु परिवर्तनका कारण प्रत्येक विपद्को प्रकृति फरक–फरक देखिएकाले नयाँ नयाँ उपकरणहरुको उपलव्धतामा ध्यान दिनुपर्ने बताए । उनले सुरुङ निर्माण वा सञ्चालनका क्रममा हुने दुर्घटना र बाढीको क्षति अत्यन्तै गम्भीर हुने भएकाले सामान्य उपकरणले मात्र काम गर्न नसक्ने उल्लेख गरे । भोटेकोशी बाढीपछि त्रिशूली र अन्य प्रभावित क्षेत्रमा कमाण्डरहरू सहितको अतिरिक्त ट्याक्टिकल हेडक्वार्टर, चिकित्सा टोली र एयरबेसहरू स्थापना गरेर उद्धार कार्यलाई तीव्रता दिइएको बताए । उनले पालिकाहरूलाई न्यूनतम रूपमा ’अर्ली वार्निङ सिस्टम’ विकास गर्न र आफ्नो क्षेत्रको जोखिम पहिचान गरी जिम्मेवारी पूरा गर्न सक्षम बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले बाढीपछिको खोजी कार्यमा जमिनमुनि डेढ मिटरसम्मको अवस्थालाई पहिचान गर्ने मेसिनसहितको प्रविधि नेपालमा प्रयोगमा नरहेकाले म्यानुअल उपायहरूसँगै खोजी कार्य जारी राखिएको बताए । उहाले बिपद्पछि सञ्चार पुनःस्थापना गर्ने टोली, खोज, उद्धार तथा रवान्ती÷स्थानान्तरण टोली, शव व्यवस्थापन टोली लगाएतका टोली निरन्तर खटिएको जानकारी दिनुभयो । भविष्यमा बाढी–पहिरो जस्ता विपद्हरू दोहोरिँदा बाहिरी रूपमा बढी क्षति देखिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय रूपमा प्रहरीहरूलाई अझ सक्रिय रूपमा परिचालित गर्ने व्यवस्था मिलाइएको उनले बताए ।


ADVERTISEMENT

#
#


त्यसैगरि सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले भोटेकोसीको घटनाको सञ्चालन सन्दर्भमा तीनवटा सुरक्षा निकायबीच अन्तर–निकाय समन्वयमा कुनै पनि किसिमको दुविधा वा समस्या नरहेको स्पष्ट पारे । उनले सुरक्षा निकायबीचको समन्वयमा कुनै समस्या नभई क्लस्टरवाइज समन्वयलाई अझ प्रभावकारी बनाइएको दावी गरे ।

ढकालले भोटेकोसी घटनाको समयमा ठूलो परिमाणको राहत सामग्री पु¥याउन ड्रोनको भन्दा पनि हेलिकप्टरको क्षमता बढी उपयोग गरिएको जानकारी दिए । बैठकमा समिति सदस्यहरुले सम्भावित विपद् जोखिम न्यूनिकरणका लागि सुरक्षा निकायलाई थप प्रविधिसहित तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए ।