काठमाडौँ– अटो व्यवसायीहरुले काठमाडौँ महानगरपालिका कार्यालयको गेटअगाडि प्रदर्शन गरेका छन् । कालीमाटीदेखि बल्खुसम्मका विभिन्न अटो व्यवसायीहरु ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै महानगरपालिका कार्यालये गेटअगाडि आन्दोलनमा उत्रिएका हुन् ।


ADVERTISEMENT


ट्राफिक प्रहरीले आफ्नो पसल अगाडि एक मिनेट पनि सवारी रोक्न नदिएको कुलेश्वर अटो व्यवसाय संघको आरोप छ । उनीहरुले ‘महानगर गरिखान दे भन्दै’ चर्काे नाराबाजी समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै, ट्राफिक आतंक पनि बन्द गर्नुपर्ने उनीहरुको माग छ । संघले महानगर परिसरमा प्रदर्शनपछि ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा समेत विरोध गर्ने जनाइएको छ ।